अपाङ्ग संघको प्रथम महाधिवेशनको तयारी पूरा, नयाँ नेतृत्व चयन गरिने
२०८१ चैत्र ७ विहिवार
- बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत संघका सभापति प्रकाश पन्तले महाधिवेशनको सबै तयारी पूरा भएको र देशभरबाट प्रतिनिधि आउनेक्रम जारी रहेको जानकारी दिए।
काठमाडौं : नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको केन्द्रीय महाधिवेशनको सबै तयारी पूरा भएको छ । यही चैत्र ८ र ९ गते काठमाडौंमा संघको प्रथम केन्द्रीय महाधिवेशन आयोजना हुँदैछ ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत संघका सभापति प्रकाश पन्तले महाधिवेशनको सबै तयारी पूरा भएको र देशभरबाट प्रतिनिधि आउनेक्रम जारी रहेको जानकारी दिए।
महाधिवेशनको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा उद्घाटन गर्ने छन् । अध्यक्ष पन्तका अनुसार महाधिवेशनमा देशभरबाट एक हजार तीन जना केन्द्रीय प्रतिनिधि सहभागी हुने छन् ।
महाधिवेशन प्रचार प्रसार उपसमितिका संयोजक माधव चौलागाईंका अनुसार ७७ वटै जिल्लाबाट गरी एक हजार तीन जना महाधिवेशन प्रतिनिधि सहभागी हुने जानकारी दिए । महाधिवेशनमा सहभागी प्रतिनिधिलाई तीन छाक खाना र एक रात वासको प्रवन्ध गरिएको छ ।
संघको ७ वटा प्रदेश, ७३ वटा जिल्लाका १६१ संघीय निर्वाचन क्षेत्र ३२२ प्रदेश सभा र अधिकाँश स्थानीय तहको अधिवेशन सम्पन्न भइसकेको चौलागाईंले जानकारी दिए ।
अधिवेशनको पहिलो दिन चैत्र ८ गते पार्टी कार्यालय सानेपाको प्राङ्गणमा मञ्च सजावट गरी पार्टीका सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीलयायत केन्द्रीय स्तरका नेतृत्वहरू, प्रदेश समितिका सभापति तथा पदाधिकारी र सदस्यहरू, सांसदहरू भातृ तथा शुभेच्छुक संघ संस्थाका नेतृत्व तथा पदाधिकारी र सदस्यहरू लगायत पार्टीका विभिन्न तह र तप्कामा रहेका नेतृत्वहरूको बीचमा भब्य रूपमा उत्साहजनक वातावरणमा उद्घाटन समारोह र बन्दशत्र हुनेछ ।
महाधिवेशनमार्फत ३९ जना निर्वाचित १२ जना मनोनित गरेर ५१ जनाको कार्यसमिति चयन हुनेछ। जसमा निर्वाचित हुने पदहरू अध्यक्ष एक जना, उपाध्यक्ष ९महिलारखुल्ला० दुइ जना, महामन्त्री खुल्ला दुइ जना, सदस्यहरू ३ महिला सहित खुल्ला १० जना, फरक प्रकारको अपाङ्गताबाट १० जना, प्रत्येक प्रदेशबाट महिला र खुल्ला गरी दुइ जनाका दरले १४ जना गरी जम्मा ३९ जनाको निर्वाचन हुने छ भने बाँकी १२ जना महिला र समावेशी मिलाइ मनोनित गरिने पत्रकारसम्मेलन मार्फत जानकारी दिइएको हो ।
संघको विधान अनुसार केन्द्रीय समितिमा प्रदेशका अध्यक्षहरू पदेन सदस्य हुने व्यवस्था छ भने कोषाध्यक्ष तथा दुइ जना सहमहामन्त्री कार्यसमितिले चयन गर्ने उल्लेख छ ।
महाधिवेशन सम्पन्न गर्नका लागि पार्टीले केन्द्रीय सदस्य मधु आचार्यको संयोजकत्वमा केन्द्रीय सदस्यद्वय मदनकृष्ण श्रेष्ठ र सरस्वती बजिमय सदस्य रहने गरी ३ सदस्यीय निर्देशन समिति गठन गरेको थियो।
महाधिवेशन सम्पन्न गर्न १५ वटा उपसमिति र महाधिवेशन सचिवालयको गठन गरिएको छ ।महाधिवेशन सम्पन्न गर्न करिब ३० लाख खर्च हुने अनुमान गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
-
नारापास–हिल्सा सडक खुलाउन काम तीव्र, तीन दिनभित्र सञ्चालन गर्ने लक्ष्य
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’